उदयपुरमा थप ३ पुरुषमा कोरोना संक्रमण पुष्टि

जेष्ठ २५, २०७७ | उदयपुर

उदयपुरमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चौदण्डीगढीका एक र बेलका नगरपालिकाका २ सहित ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

कोरोना पोजिटिभ देखिएका तीनै जना नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका छन् । यसअघि उदयपुर कै त्रियुगा नगरपालिका–३ भुल्ेकमा ३२ सहित ३३ जनामा कोरोना सक्रमण भएको थियो । सक्रमित मध्ये ३२ जना उपचारपछि घर फकिएका छन् ।

चौदण्डीगढी नगरपालिकामा कोरोना सक्रमण भएका वडा नम्वर ५ सिवाईका २६ वर्षीय युवक रहेका छन् । उनी १५ दिनअघि काठमाडौंबाट घर आएका थिए । उनको एक महिना अघि पनि परीक्षण गरिएको थियो । पहिले गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष देवनारायण चौधरीले बताउनुभयो ।

पहिलो परीक्षणमा नेगेटिभ देखिएपछि अत्यावश्यक काम परेको भन्दै ती युवक काठमाडौं गएर पुन: घर फर्किएको वडाध्यक्ष चौधरीले बताउनुभयो । काठमाडौं पुगेर फर्किएका ती युवकलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टिनमा राखिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । 

करीब दुई साता क्वारेन्टिनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाब लिइएको थियो । जसमा उनलाई कोरोना पोजिटेभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

यता, बेलका नगरपालिकाका २ जना पुरुष पनि भारतबाट आएर क्वारेन्टिन मै बसिरहेका थिए । कोसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका दुबैलाई कोरोना सक्रमण पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । 


प्रतिक्रिया