बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

जेष्ठ २६, २०७७ | अछाम

– अछामको बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन । साँफेबगर नगरपालिका–६ का ३३ बर्षीय सिदार्थ आउजीले अस्पतालको गेट अगाडी आफैंले शरीरमा आगो लगाएका हुन् । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज पठाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । 

 आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले केही ससयअघि हटाएको थियो । बयालपाटा अस्पताल प्रशासनले भने आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।  


प्रतिक्रिया