आफ्नै शरीरमा पेट्रोल छर्केका बयालपाटा अस्पतालका कर्मचारीको मृत्युु

जेष्ठ २६, २०७७ | अछाम

– पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । अस्पतालको गेटमा गएर आज बिहान शरिरमा आगो लगाएर घाइते भएका उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उनको मृत्यु भएको संगै गएका मीन बोहराले जानकारी दिनुभयो । 

घर नजिकैको बयालपाटा अस्पतालमा सरसफाइ गर्ने व्यक्तिका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए । अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिना देखि जानकारी गराएको थियो । अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा रहेको उनका छिमेकी समेत रहेका बोहराले बताउनुभयो । 


प्रतिक्रिया