प्यूठान कारागारमा एक कैदीबन्दीको मृत्यु

जेष्ठ २९, २०७७ | प्युठान

– कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीवन्दीको जिल्ला कारागार प्युठानमा मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका ७२ वर्षीय खगीराम राम्जाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उनको मृत्युको कारण खुलेको छैन । 

प्रहरीका अनुसार बेलुका खाना खाएर अन्य कैदीबन्दीहरुसँगै नाचगान गरेर सुत्ने बेला राम्जाली एक्कासी काप्दै लडेका थिए । त्यसपछि उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ देखि कारागार चलान भएका राम्जालीलाई जिल्ला अदालतले १५ वर्षको सजाय सुनाएको थियो ।


प्रतिक्रिया