जोगबनी नाका हुँदै २ हजार ९ सय ३९ जना भारतीय फर्किए

जेष्ठ ३२, २०७७ | विराटनगर

– लकडाउनका कारण रोकिएका २ हजार ९ सय ३९ जना भारतीय नागरिक विराटनगरको जोगबनी नाका हुँदै स्वदेश फर्किएका छन । दुईसाता यता सो संख्यामा भारतीय फर्किएको मोरङ प्रहरीले जनाएको छ । सोही अवधिमा जोगबनी नाका भएर १ हजार ९ सय ५९ जना नेपाली मुलुक प्रवेश गरेका छन् । 

हिजो एकै दिन ३८ जना नेपाली मुलुक प्रवेश गरेका छन् भने १ सय १४ जना भारतीय नागरिकलाई पठाइएको छ । दुबै देशका सुरक्षा निकायको समन्वयमा एकअर्का देशका नागरिकलाई पठाउने र भित्राउने गरिएको प्रहरीले जनाएको छ । 

नेपाल प्रवेश गरेका नागरिकलाई सुरुमा होल्डिङ सेन्टर र त्यसपछि सम्बन्धित स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाउने गरिएको छ । मोरङका विभिन्न स्थानमा रहेका ७३ वटा क्वारेन्टाइनमा हिजो साँझसम्म १ हजार ३ सय ६७ रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया