ताप्लेजुङमा पहिरोले स्कुल बगायो
असार ३, २०७७ | ताप्लेजुङ
– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ इखावुमा पहिरोले एक विद्यालयको भवन बगाएको छ ।
पहिरोले रानी आधारभुत विद्यालयको चार कोठे पक्की भवन बगाएको हो । स्थानिय २० परिवारका मकैबालीमा पहिरोले क्षति पुर्याएको र पशुचौपाया समेत बगाएको सो विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताउनुभयो ।