सरकारले संसद छलेर अध्यादेश ल्याएको विपक्षी दलको निष्कर्ष
माघ २, २०८१ | काठमाडौं
सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले विरोध जनाएका छन् ।
सरकारले नियमित बैठक नबोलाए विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी समेत विपक्षी दलहरले गरेका छन् । सिंहरबादरमा आज बिहान बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश ल्याएर सरकार स्वेच्छाचारी बनेको ठहर गरेको छ ।
अधिवेशन बोलाउने सम्बन्धमा साझा धारणा बनाउन ड्राफ्ट कमिटि बनाउने तयारी समेत विपक्षी दलहरुको भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताउनुभयो ।
सरकारले सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न भन्दै २६ वटा कानुनमा संशोधन गर्न अध्यादेशहरु ल्याएको छ ।