आत्महत्या गरेका विकको कोरोना पोजिटिभ, शव गाडियो

असार ३, २०७७ | अर्घाखाँची

– गएराती आत्महत्या गरेका अर्घाखाँची शीतगंगा नगरपालिका ५ जुकेनाका ४५ वर्षीय देवबहादुर विकको पिसिआर रिपोर्ट पोजिभिट आएको छ । जुकेनाको गल्दा स्थित हरि मावि क्वारेन्टाइनमा बस्दै आएका विकले राती ३ बजेतिर आत्महत्या गरेका थिए । भैरहवास्थित जनस्वास्थ्य प्रयोगशलामा स्वाब परीक्षण गर्दा रिपोट पोजिटिभ आएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

भारतबाट आएर स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसेका विकको आरडिटी रिपोर्ट पोजिटिभ आएको थियो । जेठ २४ गते पिसिआर परीक्षणको लागि स्वाब प्रयोगशालामा पठाइएको थियो । राती ३ बजेतिर आत्महत्या गरेका विकको रिपोर्ट पर्खदा बेलुकासम्म रुखमा झुण्डिएको अवस्थामा थियो । रिपोर्ट आउने बित्तिकै जलुकेको टारे पहरो फुलबारी जंगलमा शव व्यवस्थापन भैसकेको वडाध्यक्ष कमल पौडेलले बताउनुभयो ।  


प्रतिक्रिया