कोहलपुरमा उपचारका क्रममा गएराती मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

असार ३, २०७७ | नेपालगञ्ज

– नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराती मृत्यु भएकी ४३ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । 

मृत्यु भएकी महिला कैलाली लम्की नगरपालिका २ की हुन् । टाउकोमा चोट लागेपछि उनी गएको जेठ ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । 


प्रतिक्रिया