कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

असार १७, २०७७ | काठमाडौं

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । 

मुटुका तीन वटा भल्व टालिएपछि छन्त्याल तीन साता अघि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना हुनुभएको थियो । 

उहाँको उपचार कै क्रममा आज बिहान निधन भएको कांग्रेस क्षेत्रीय सभापति द्रोणराज कुँवरले जानकारी दिनुभयो । 

बागलुङको ढोरपाटन–१ की छन्त्याल प्रतिनिधि सभामा समानुपातिक सांसद हुनुहुन्थ्यो । 

उहाँ २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङ ३ बाट निर्वाचित हुनुभएको थियो । छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक र ग्रामीण विकासका काममा सक्रिय हुनुहुन्थ्यो । 

छन्त्यालको पार्थिव शरीरलाई दिउँसो १ बजे पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिई आजै दाह संस्कार गरिने कांग्रेसले जनाएको छ । 

यसैबीच उहाँको निधनले कांग्रेसको केन्द्रीय समिति बैठक केही दिन पर धकेलिने भएको छ । 

अहिले केहीबेरमा बस्ने बैठकले छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरी बैठक केही दिन स्थगित गर्ने तयारी भएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया