नेकपा स्थायी समिति बैठक आजपनि प्रभावित

 नेकपा स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

असार १८, २०७७ | काठमाडौं

– सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज पनि प्रभावित भएको छ । पार्टी अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएको र सरकारले अचानक बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली बिहानै देखि बैठकमा नआउनुभएको स्थायी समितिका एक सदस्यले जानकारी दिए । 

सरकारको नियमित काम कारवाही, भारतसंगको सीमा विवाद, एमसीसी कार्यन्वयन लगायत विभिन्न एजेण्डामा छलफल गर्ने भनिएपनि स्थायी समिति बैठक पछिल्लो समय प्रधानमन्त्रीको राजिनामामा केन्द्रीत भएपछि राजनीतिक सरगर्मी बढेको छ । शीषी नेताहरु गुट अनुसारका भेलामा केन्द्रीत भएका छन् । बैठक रोकिएपछि अहिले प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल लगायतका सचिवालयका नेताहरु छुट्टै छलफलमा जुटेका छन् ।


प्रतिक्रिया