सरकारको निर्णय अनुत्तरदायी :कंग्रेस

असार १८, २०७७ | काठमाडौं

– संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम भनेको छ । संसदमा भएका सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएकोमा अन्य दललाई थाहा समेत नदिइ अधिवेशन अन्त्य गरेर सरकारले संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको पनि कांग्रेसले बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई आपत्तिजनक भन्दै यसमा आफ्नो पार्टीको असहमति रहेको बताउनुभयो । उहाँले एमसीसी लगायत महत्वपूर्ण विधेयक र कोरोनाको चुनौती सामाना गर्न प्रस्तुत संकल्प प्रस्तावबारे टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनुलाई दु:खद भन्नुभयो । अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई अवलम्बन नगरिएको पनि कांग्रेसले बताएको छ ।

कंग्रेसद्धारा जारी विज्ञप्तिमा दलभित्रको द्वन्द्वको दुस्प्रभाव संसद अधिवेशनमा पर्नु दु:खद र आपत्तिजनक भएको उल्लेख छ । 


प्रतिक्रिया