शक्ति संघर्षमा रहेका नेकपा अध्यक्षद्वयबीच छलफलको तयारी

असार २१, २०७७ | काठमाडौं

पार्टीभित्र चर्किएको शक्ति संघर्ष र अन्तरविरोध कम गर्न सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजपनि छलफल हुँदैछ । स्थायी समितिमा प्रधानमन्त्रीको राजिनामा माग संगै प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल पक्षवीच आरोप प्रत्यारोप र पार्टी फुट्ने सम्मको आकलन भईरहेको छ । 

भोली पुन : बस्ने स्थायी कमिटी बैठक अघी दुई अध्यक्षले सहमतिको अधिकतम पहल गर्न लागेका हुन् । दुई अध्यक्षबीच भेटबार्ता तय भएपनि समय भने निश्चित भईनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहालको सचिवालयले पनि प्रधानमन्त्रीसंग आज भेटवार्ता हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफु विरुद्ध षड्यनत्र भईरहेकाले आ–आफ्नो कित्ताकाट गर्न मन्त्रीहरुलाई निर्देशन दिएपछि विवादको गाँठो झनै कस्सिने संकेत देखिएको छ । ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने तयारी गरेका दाहाल पक्षीय नेताहरुले भने प्रधानमन्त्रीले आफ्नो गल्ती ढाक्न विषयन्तर गर्न खोजिएको बताएका छन् ।

भोली बस्ने स्थायी समिति बैठक अघी दुई अध्यक्षबीच आज सहमति हुन नसके सचिवालयका सदस्यहरुको छुट्टै बैठकबाट आगामी रणनीति तय गर्ने दाहाल पक्षको भनाइ छ ।

करिव करिव फुटको अवस्थामा पुगेको पार्टीमा सहमतिका लागि दोस्रो तहका नेताहरुले अधिकतम प्रयास गरेपनि सफल हुन सकेको छैन । यधपी आज पनि प्रयास जारी राखिने नेताहरुको भनाई छ । पार्टी एकता कायम राख्न दबाब स्वरुप केही केन्द्रिय सदस्यले भने हस्ताक्षर अघियान सञ्चालनको तयारी गरेका छन् । 


प्रतिक्रिया