बलात्कारपछि बालिकाको हत्या गर्ने भारतीय नागरिक पक्राउ

 तस्बिर : सन्तोष सिंह, जनकपुर ।

असार २२, २०७७ | जनकपुर

जनकपुरमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । 

भैसी चराउन आएकी जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीय कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो । भारत, उतर प्रदेशका सिं मिश्र इन्ड्रष्टिजमा ५ महिना देखी काम गर्दै आएका थिए । 

सिंहलाई हिजो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । बालिको हत्या पश्चात सिंहले ब्ल्याङकेटमा बेरेर शव दुधमति नदी किनारको झाँडीमा लुकाएका थिए । 

पक्राउ परेका सिंहलाई जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइहरेको प्ररीले जनाएको छ । 


प्रतिक्रिया