गाउँपालिकाले गरिदियो चेपाङ समुदायको बिमा

असार २५, २०७७ | मकवानपुर

मकवानपुरको भीमफेदी गाउँपालिकाका चेपाङ समुदायको १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बिमा गराएको छ ।

भीमफेदी गाउँपालिकाले आफनो गाउँपालिका भित्र वसोवास गर्ने सिमान्तकृत चेपाङ समुदायको निशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । भीमबहादुर गाउँपालिकामा एक सय ४० धुरीका ६ सय ३ जनाको चेपाङको निशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो । 

असारमा गरेको स्वास्थ्य बिमावाट उनीहरुले भदौवाट सुविधा पाउने छन । गाउँपालिकामा रहेको सिंगो सिमान्तकृत समुदायको निशुल्क स्वास्थ्य बिमा गरिदिएको मकवानपुरको यो पहिलो स्थानीय तह हो । 


प्रतिक्रिया