सेनाको हेलिकप्टर मार्फत अछामबाट एक गर्भवतीको उद्वार

असार २९, २०७७ | अछाम

नेपाली सेनाको हेलिकप्टर मार्फत अछामका एक जना गर्भवतीको उद्वार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका–७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डा.प्रेमप्रसाद ढुंगानाले बताउनुभयो । 

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्‍याइएको ढुंगानाले बताउनुभयो । 

उच्च रक्तचाप लगायत समस्या देखिएपछि ती महिलाको अप्रेसन गर्नुपर्ने र त्यो जिल्लामा अस्पतालमा सम्भव नभएको उहाँले बताउनुभयो । 

प्रतिकूल मौसमका बाबजुद पनि गर्भवतीको उद्वारको लागि उडान गरेको पाइल्ट क्याप्टेन मनिराज लामाले बताउनुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहोर्ने गरी एक जनाको उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । 

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको कार्यविधि अनुसार अहिलेसम्म अछामका ५ जना महिलाको उद्वार गरिएको उहाँको भनाई छ । 


प्रतिक्रिया