चन्द समुहका सेती–महाकाली इञ्चार्ज पुन पक्राउ

असार ३१, २०७७ | धनगढी

 प्रतिबन्धित नेत्र विक्रम चन्द समुहका सेती–महाकाली ईन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुनलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । 

धनगढी नजिकै फुलबारीबाट फर्किरहेका बेला उनलाई कनरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । लामो समयदेखि प्रहरीले उनको खोजी गरेको थियो । 

पुनसहित प्रहरीले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व केन्द्रीय सदस्य समेतलाई पक्राउ गरेको छ ।  


प्रतिक्रिया