कोरोना समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन सुरु

श्रावण १०, २०७७ | बुटवल

– प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड १९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । यसअघि शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो । समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोली परिचालन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । 

समुदायस्तरमा नमुना संकलन गर्न पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन थालिएको छ । मन्त्री बरालका अनुसार अर्घाखाँची, नवलपरासी, रुपन्देही बर्दिया, कपिलवस्तु र दाङबाट १२ सय जनाको रेन्डम स्याम्पलिङ विधिवाट नमुना छनोट गरिने छ । जसमा धेरै जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था अत्यावश्यक सामग्री विक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुबाट नमुना संकलन गरी परिक्षण गर्न लागिएको हो । 

यसले समुदायसतरमा जोखिमको अवस्थावारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना बनाइने छ । प्रदेश ५ मा अहिले सम्म ४ हजार १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।


प्रतिक्रिया