धरानको तरकारी बजारमा आगलागी, ५२ लाख बराबरको क्षति

श्रावण १२, २०७७ | धरान

सनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुदा ११ जनाको फलफुल तरकारी तथा कस्मेटिक पसल, किराना पसल, होटल, जल्दा ५२ लाख ६८ हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार बिहान साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी सुरु भएको बताउनुभयो । 

पालिका तरकारी बजार क्षेत्रका सबै पसलेहरुले आइतबार बेलुका आठ बजे पसल बन्द गरिएको थियो । टिनको छाना भएपनि बांस, प्लास्टीक प्रयोग गरिएको छाप्री भएकाले सहजै आगलागी फैलिएको प्रहरीले जनाएको छ । आगो उपमहानगरपालिकाको दमकल, नगरप्रहरी र जनपद प्रहरी र स्थानीले निभाएका थिए । 


प्रतिक्रिया