कैलालीका अधिकांश स्थान डुबानमा

श्रावण १४, २०७७ | कैलाली

लगातारको बर्षाका कारण कैलालीका अधिकांश स्थान डुबानमा परेका छन् । वर्षा पछि आएको बाढीले टिकापुर नगरपालिका, भजन नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका क्षेत्रका अधिकांश घर तथा सडकहरु डुबानमा परेका हुन् ।

 जानकी गाउँपालिकको डुवानमा परेका अधिकांश घरका सामान सारिएको छ । त्यस्तै, टिकापुरको सुकुम्बासी बस्तीमा धेरै घर भत्किएको छ । बाढीले सडक बिगारेका कारण उद्धारमा कठिनाई भईरहेको डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । घरवरपर जलमग्न भएका कारण स्थानीयहरु क्रसित बनेका डीएसपी न्यौपानेको भनाई छ । सुदुरपश्चिम क्षेत्रमा गएराती देखीनै भारी बर्षा भएका कारण नदीको बहाव बढेको छ ।  


प्रतिक्रिया