कल्भर्डमा आएको बाढीले बगाएका युवकको मृत्यु

श्रावण १४, २०७७ | उदयपुर

– उदयपुरको बेलका नगरपालिका ३ भाटेपुल नजिक कल्भर्डमा आएको बाढीले बगाएर एक युवकको मृत्य भएको छ । कल्भर्डमा आएको बाढीले बगाएर हिजो बेपत्ता भएका सुनसरीको धरान उपमहानगरपालिका ५ का ३५ बर्षीय कर्णबहादुर राई आज बिहान मृत फेला परेको प्रहरी उपरिक्षक भीमबहादुर दाहालले बताउनुभयो । 

धरानबाट सब्जी खेती लगाउन बेलका नगरपालिका – ३ सिसौली टप्पु गएका राई घर फर्किदै गर्दा कल्भर्डमा बाढी आएको बाढी नियाल्ने क्रममा अचानक बाढीले बगाउँदा बेपत्ता भएको प्रहरी उपरिक्षक दाहालले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया