कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय सिल

श्रावण १६, २०७७ | उदयपुर

– उदयपुर जिल्ला मालपोत कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ भेटिएपछि आज मध्यान्हदेखि कार्यालय सिल गरिएको छ । कार्यालयका एक नासुमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

जिल्लाको चौदण्डिगढी, त्रियुगा , बेलका नगपालिका र ताप्ली गाउँपालिकामा कोरोना सक्रमण देखिएपछि बढी जनसम्पर्क हुने सरकारी कार्यलयमा पनि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । संकलित स्वाबको परिक्षणमा मालपोतका कर्मचारीमा मात्रै कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया