इलामको एपीएफ गणमा कोरोना संक्रमण फैलियो

श्रावण १७, २०७७ | इलाम

इलाम स्थित सशस्त्र प्रहरी बलको गणमा कोराना भाइरसको संक्रमण फैलिएको छ । शनिबार थप १७ जनामा कोरोनो पोजेटिभ देखिएको हो । एपीएफको गणमा कोरोना फैलिएसँगै बजारमा पनि त्रास थपिएको छ । 

क्याम्पमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका सबै जनालाई जिल्लाको गोठगाउँस्थित आईसोलेशनमा पठाइएको छ । 

कोरोना फैलिएको पुष्टि भएपछि सशस्त्र क्याम्पलाई सिल गरिएको छ । क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरिक्षक सम्मलाई कोरोना पोजेटिभ देखिएको गणका प्रमुख सुधिरजंग थापाले जानकारी दिनुभयो । 

संक्रमण रोकथामका लागि सम्पूर्ण काम कारबाही बन्द गरेको गणले बाँकी ४३ जनाको पनि स्वाब परीक्षणका लागि पठाउने तयारी गरेको छ । अहिलेसम्म इलाममा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । थापाका अनुसार संक्रमित कसैमा पनि लक्षण देखिएको छैन । 


प्रतिक्रिया