दुई चिकित्सक सहित पर्सामा थप ३४ जनामा कोरोना

श्रावण २०, २०७७ | वीरगञ्ज

नारायणी अस्पतालको प्रयोगशालमा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सक सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 ३४ जनामा संक्रमित मध्ये दुईजना वारा, एकजना सर्लाही र एकजना सुर्खेतका छन् । सेना, पत्रकार र थुनुवा समेत संक्रमित भएका छन् । नारायणी अस्पतलका फिजिसियन डा.निरज कुमार सिंहका अनुसार ६ जना महिला सहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुईजनामा पनि कोरोना देखिएको छ ।

संक्रमित दुई चिकित्सक नेशनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् । यहाँ रहेको आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ । 

पर्साको पोखरिया नगरपालिका २ का तीनजनामा समेत कोरोना देखिएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका वासिन्दा हुन् । 

स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा कोरोना देखिएको छ । यसैगरि कन्टयाक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वाराका दुई संक्रमित कलैया र फेटा ४ का वासिन्दा हुन् । 


प्रतिक्रिया