पास्टरले ब्यूताउँने भन्दै ५ दिनसम्म घरमै शव

श्रावण २१, २०७७ | कैलाली

कैलालीको टीकापुर नगरपालिका–१ गणेशपुर शिविरमा ५ दिनसम्म शव घरमै राखिएको पाइएको छ । क्रिश्चियन पास्टरले जिउदो बनाउने भनेपछि शव घरमै राखिएको हो । 

स्थानीय पास्टर दीपक चौधरीको घरभित्र शव गन्हाउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा लाश लुकाई राखेको रहस्य खुलेको हो । शक्तिनगर शिविरका अगुवा मोतिराम डगौरा बिरामी भएपछि गणेशपुरका पाष्टर दीपक चौधरीको घरमा उपचारका लागि लगिएको थियो । मोतिराम मुटुको बिरामी थिए । 

बाँकेको कोहलपुरमा उपचारपछि घर फर्केका मोतिरामलाई पास्टरकोमा लगिएकोमा ५ दिनअघि त्यही मृत्यु भएको थियो । पाष्टरले मोतिराम ७ दिनपछि उठ्ने बताएकाले प्रार्थना गरेर बसेको उनका छोरा इश्वरले बताए । 

घटनाका बारेमा सोधपुछ गर्न मृतकका छोरा सहित चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया