गर्भवतीमा कोरोना संक्रमण

श्रावण २१, २०७७ | उदयपुर

– उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बजारकी एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रगोगशालमा गरिएको पिसिआर परीक्षण रिपोर्टमा ३० वर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार ती महिलाका श्रीमानलाई यसअघि नै संक्रमण पुष्टी भइसकेको छ । संक्रमित महिलाका श्रीमान सशस्त्र प्रहरी हुन् । उनी झापामा डिउटी मै रेहका बेला कोरोना संक्रमित भएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

 संक्रमित महिलाका श्रीमान असार ३० गते श्रीमती र छोरीलाई भेट्न बेल्टार ससुराली आएका थिए । ६ दिन ससुरालीमा बसेर साउन ५ गते झापा फर्किएको परिवारिक स्रोतले जनाएको छ । खोटाङको सुन्तले घर भएका संक्रमित सशस्त्र प्रहरीलाई भेट्न घरबाट वुवा र बहिनी समेत बेल्टार आएका थिए । संक्रमित सशस्त्र प्रहरी ससुराली आउँदै ज्वरो आउने लगायतका समस्या रहेको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका तेजबहादुर पोखरेलले बताउनुभयो । स्थानीय एक औषधि पसलमा ज्वरोको औषधि समेत किनेर सेवन गरेपनि उनी ज्वरो आइरहेकै अवस्थामा डिउटीमा फर्किएको परिवारिक स्रोतलाई उल्लेख गर्दै पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया