चिकित्सक सहित पर्सामा थप ४३ नयाँ संक्रमित

श्रावण २२, २०७७ | वीरगन्ज

पर्सामा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको पीसीआर परीक्षणमा ४३ जनामा संक्रमण देखिएको हो । 

संक्रमितमध्ये पर्साका ४१ तथा रौतहट र बाराका १/१ जना छन् । ११ जनाका सैनिक अधिकारीमा पनि संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । संक्रमित मध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । ७ जना पैसा तिरेर स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएका हुन् । 

मास ट्रेसिङका ६ जना र कन्टयाक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना देखिएको हो । नारायणी अस्पतलाको शल्यक्रिया विभागका एक स्टाफ र सोही विभागका अर्का एक स्टाफको परिवारका २ सदस्यमा संक्रमण देखिएको हो । 

संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ बर्षीया महिला र एक बैंकका कर्मचारी समेत छन । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । त्यही अवधिमा १४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । 


प्रतिक्रिया