बाँकेमा थप एक जनाको मृत्यु

श्रावण २५, २०७७ | बाँके

बाँकेमा कोरोना संक्रमणका कारण थप  एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ कि महिलाको आज दिउँसो कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 

कोरोना संक्रमण पुष्टी भएपछि ती महिलालाई गत शुक्रबार कोहलपुर मेडिकल कलेजको आईसोलेशनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पताले पुष्टी गरेको सहकर्मी जे पाण्डेले जनाएको छ ।  


प्रतिक्रिया