आफ्नै खर्चमा अनिवार्य पिसिआर

श्रावण २५, २०७७ | भोजपुर

– जिल्ला प्रवेश गर्ने शिक्षक तथा कर्मचारीले अनिवार्य आफ्नै खर्चले पिसिआर गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिरका शिक्षक कर्मचारीहरु जिल्ला भित्रीन थालेसंगै कोरोना भित्रीन नदिनका लागि पिसिआर टेष्ट अनिवार्य गरेको हो । 

पिसिआर टेष्टको रीपोर्ट विना जिल्ला प्रवेशका लागि कुनैपनि नाकामा आए क्वारेन्टीनमा राख्ने र क्वारेन्टीन बस्दा र पिसिआर गर्दा लागेको खर्च स्वयं व्यक्तिले व्यहोर्नु पर्ने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । प्रदेश नम्बर १ को सुनसरी, झापा, मोरङ लगाएतका जिल्लाहरुमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि भोजपुरमा सवारी पास तथा जिल्ला प्रवेशमा कडाई गरिएको छ । 

पछिल्लो समय प्रशासन पास नलिइ जिल्ला भित्रिनेको संख्या बढेपछि कोरोना संक्रमणको सम्भावना रहेकाले जिल्ला प्रवेशमा कडाई गरिएको हो । अत्यवाश्यक काम वाहेक अन्य जिल्ला जानु परेमा पासलाई प्रशासनले अनिवार्य गरेको छ । 


प्रतिक्रिया