बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द

श्रावण २८, २०७७ | धरान

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि ओपीडी सेवा बन्द गरेको छ । सहायक अस्पताल निर्देशक डा. विकास साहले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले प्रतिष्ठानले ओपीडी सेवा बन्द गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले परिसरमा पनि संक्रमण पुष्टि भएकाले अन्य व्यक्तिमा फैलिन नदिन अर्को सूचना जारी नहुन्जेललाई ओपीडी सेवा बन्द गरिएको जनाएको छ । 

प्रतिष्ठानमा अहिलेसम्म दुई विशेषज्ञ चिकित्सक, एक इन्टर्न चिकित्सक, दुई विद्यार्थीसहित ११ जनामा संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरले संक्रमणका दर बढ्न थालेपछि ७ दिनका लागि लकडाउन गरेको छ । 


प्रतिक्रिया