जयपृथ्वी राजमार्गमा फेरि पहिरो
.jpg&w=700&height=600)
श्रावण ३२, २०७७ | बझाङ
बाढीले सडक बगाएपछि यातायात अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ खण्डमा फेरि पहिरो गएको छ । बझाङको कचाली खोला र सुवेडाको बीचमा पर्ने डिलमुगा भन्ने ठाउँमा ठुलो पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको हो । गएरातीदेखि लगातार खसिरहेको पहिरोले सडकको १५ मिटर भागमा क्षति पुर्याएको स्थानीय दिपकराज जोशीले बताउनुभयो ।
सुवेडाका स्थानीयको खेतीयोग्य जमिन पनि पहिरोले बगाएको छ । यस्तै पहिरोमा परेर सुवेडा जिउला सिंचाई आयोजनाको २० मिटर पक्की नहर बगेको र २ वटा विजुलीको पोल समेत भाँचिएको जोशीले बताउनुभयो ।
पहिरो हटाउने विषयमा स्थानीय, डिभिजन सडक कार्यालयका इन्जिनियर र सुरक्षा निकाय बीच छलफल भइरहेको छ ।
बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक लामो समय देखी अवरुद्ध हँुदा सदरमुकाम चैनपुरसहित माथिल्लो भेगमा दैनिक उपभोग्य बस्तुको अभाव सुरु भएको छ ।