वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

भाद्र ६, २०७७ | पर्सा

पर्साको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप एक कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मुटु, दम र उच्च रक्तचापका विरामी रहेका ६१ वर्षीय पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा लगिएको थियो । 

कोरोना अस्पतालमा उपचारकै क्रममा विहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरज कुमार सिंहले जानकारी दिनुभयो । 

वीरगन्जमा हिजो पनि दुई कोरोना संक्रमितको मृत्यु भएको थियो । योसंगै संक्रमणबाट मुलुकभर ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ । 


प्रतिक्रिया