स्वाब दिएर रिपोर्ट नआएसम्म घर बाहिर निस्कन रोक

भाद्र ६, २०७७ | उदयपुर

जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना भाइरसको संक्रमण एकीन गर्न स्वाब परीक्षणका लागि दिएका व्यक्तिलाई रिपोर्ट नआएसम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ । 

कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको सयुक्त बैठकले स्वाब दिएका र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा रहेको भन्दै घर बाहिर निस्कन रोक लगाउने निर्णय गरेको हो । 

घर भित्रै बस्ने शर्तमा मात्रै पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

स्वाब संकलनपछि रिपोर्ट नै नआई बाहिर हिँड्डुल गर्दा संक्रमण फैलिएकाले यसको रोकथामका लागि रिपोर्ट नआएसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्ने शर्तपछि मात्र पीसीआर परीक्षण गरिने निर्णय भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया