बिजुवार क्षेत्र सिल

भाद्र ११, २०७७ | प्यूठान

समुदायस्तरमा कोरोना संक्रमण देखिएको भन्दै प्यूठान नगरपालिकाको जुम्री पुलचोक देखि टिकुरी सम्मको क्षेत्रलाई सिल गरिएको छ । 

वडा नम्वर ४ को जुम्री पुलचोकदेखि वडा नम्वर ७ टिकुरीस्थित माझकोट जानेबाटोसम्मको क्षेत्र आज देखि एक साताको लागि सिल गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिनुभयो । समुदायमा थप कोरोना नफैलियोस् भन्नका लागि नगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिले आकस्मिक निर्णय गरेर सिल गर्ने निर्णय गरेको हो । 

 बुधबार बेलुका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा प्यूठान नगरपालिकाका ४, नौबहिनी गाउँपालिकाका ३ र ऐरावती गाउँपालिकाका १ जना गरि आठ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या ४४३ पुगेको छ । 


प्रतिक्रिया