वीरगञ्जमा उपचाररत रौतहटका कोरोना संक्रमितको मृत्यु
भाद्र १३, २०७७ | वीरगञ्ज
कोरोना भाइरसको संक्रमणबाट नारायणी अस्थाई वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । कोरोना अस्पतालमा उपचार गराईरहेका रौतहटको गम्हरीया– ३ एक ३० वर्षीय कोरोना संक्रमित युवकको शनिबार राति मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्ति बिहीबार नारायणी अस्पताल ल्याएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि शुक्रबार राति नै साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार राति साढे ७ बजेको समयमा मृत्यु भएको हो ।