कोरोना संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीद्वारा रक्तदान

भाद्र १५, २०७७ | कपिलवस्तु

कोरोना भाइरसको संक्रमण मुक्त भएका कपिलवस्तुका १७ जनाले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका छन् । कार्यक्षेत्रमा काम गर्दागर्दै संक्रमित भएर कोरोना मुक्त भएका कपिलवस्तु अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. किशोर बन्जाडे सहित ३ डाक्टरले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका हुन् । 

त्यस्तै, अस्पतालका दोस्रो पटक संक्रमित भएकी स्टाफ नर्स, ल्याब, ईमेजेन्सी, र वार्डमा काम गर्ने स्वास्थ्यकर्मी र प्रशासन फाँटका गरी ११ जना कर्मचारीले रक्तदान गरेका छन् । अस्पतालका १४ र कोरोना संक्रमण मुक्त भएका बाहिरका ३ जनाले रक्तदान गरे । 

उनीहरु सबैले तौलिहवास्थित अस्पतालमा पुगेर रक्तदान गरेका थिए । त्यस्तै, बुद्धभूमि नगरपालिकाका संक्रमण मुक्त एक सञ्चारकर्मीले जीतपुर पुगेर रगत दान गरे । प्रत्येकबाट करीब ४ सय एमएल लिएको रगतबाट २ सय एमएल पलाज्मा बन्ने नेपाल रक्तदाता स्वयंसेवी संघ रुपन्देही अध्यक्ष कृष्ण चौहानले बताउनुभयो । 

रेडक्रस सोशाइटी बुटवल शाखाको ब्लड बैंकमा लगेर पलाज्मा बनाईने र संक्रमणले स्वास्थ्यस्थित बिग्रदै गएकाको उपचारमा पलाज्मा प्रयोग गरिने डा. प्रशान्त आचार्यले जानकारी दिनुभयो । पछिल्लो पटक पलाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी भएको उहाँको भनाई छ । 


प्रतिक्रिया