वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु
भाद्र १५, २०७७ | वीरगञ्ज
कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थाई वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२४ का ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आइसीयूमा उपचाररत वीरगञ्ज–२४ का ती वृद्धको सोमबार दिउँसमे तीन बजेर २० मिनेटमा मृत्यु भएको हो । लिभरका रोगी ती वृद्धलाई ज्वरो आएपछि आफन्तले नारायणी अस्पताल पुर्याएका थिए ।
भदौ १३ मा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नारायणीबाट वीरगञ्ज हेल्थ केयर कोरोना अस्पताल रेफर गरिएको थियो ।
तीनदेखि कोरोना अस्पतालको आइसीयूमा उपचार भइरहेको ती वृद्धको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो । मृतकको कुनै ट्राभेल हिस्ट्री थिएन् । योसँगै कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।