वीरगन्जमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना

भाद्र १६, २०७७ | पर्सा

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय १० जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

 तीन महिला सहित २३ वर्षदेखि ६८ वर्ष उमेर समूहका १८ जना कोरोना संक्रमित थपिएको डा. चौरसियाले बताउनुभयो । संक्रमति मध्ये १७ जना पर्सा र एकजना वाराका हुन् । ८ जना संक्रमित वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका हुन् । 

वीरगन्जको वडा ८ र १२ मा दुई/दुई जना र वीरगन्जको वडा ११, १४, १६, २५ मा एक/एक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका–५ मा पाँचजनामा कोरोना पोजेटिभ देखिएको छ । 

यसैगरि विन्दवासनी गाउँपालिका–मा एक जना संक्रमित थपिएका छन् । वाराका एकजना संक्रमित कलैया उपमहानगरपालिका– ७ का वासिन्दा हुन् । 


प्रतिक्रिया