रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप

भाद्र १८, २०७७ | ललितपुर

ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले आज पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । 

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको छ । 

स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगा प्रहार गरेका थिए । युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमा: फल्चा (पाटी) सम्म पुर्‍याएका छन् । अहिले पुल्चोकमा सशस्त्र प्रहरी समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया