ताप्लेजुङमा पहिरोले बिद्युतगृह पुर्यो, २ जनाको मृत्यु

भाद्र २२, २०७७ | ताप्लेजुङ

ताप्लेजुङको सिरिजंघा गाउँपालिका—४ तेल्लोकस्थित नागदेवा लघु जलबिद्युत आयोजनाको पावर हाउसमा खसेको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

गएराति खसेको पहिरोमा पुरिएर बेपत्ता भएका ३० बर्षीय राजू लिम्वू र ५५ वर्षीय बिष्णु दाश थेवेको शव आज विहान फेला परेको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो । 

थेबे सो पावरहाउसका अपरेटर हुन् भने लिम्बु थेबेको साथी रहेको सिरिजंगा–४ का वडाध्यक्ष टिका गुरुङले जानकारी दिनुभयो । पहिरोले पावर हाउस पुर्दा विद्युत सेवा पनि अवरुद्ध बनेको छ ।

दुई दिनअघि सोही क्षेत्रको तावा खोलाले बगाउँदा बेपत्ता भएको दुई जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।   


प्रतिक्रिया