वीरगन्जमा २९ जनामा कोरोना पुष्टि

भाद्र २३, २०७७ | पर्सा

वीरगन्जमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको ५ सय ८० जनाको स्वाब परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमतिमध्ये पर्साका १३ जना, बाराका ९ जना र रौतहटका ७ जना रहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो । पर्साको कालिकामाई गाउँपालिका–१ र वडा ५ मा एक/एकजनामा संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिका– २ मा दुईजना संक्रमित थपिएका छन् । 

वीरगन्जको आर्मी व्यारेकमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको छ । विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ । वाराको कलैया उपमहानगरपालिका– ७ र वडा १६ मा एक/एक जना संक्रमित थपिएका छन् । 

वारागढी गाउँपालिकामा ४ जना र इलाका प्रहरी कार्यालय वारागढीमा एकजनामा कोरोना पुष्टि भएको छ । रौतहटका ७ जना संक्रमित गरुडा प्रहरी कार्यालयका रहेको प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो । 


प्रतिक्रिया