वीरगन्जमा उपचाररत वाराका थप एक संक्रमतिको मृत्यु

भाद्र २३, २०७७ | पर्सा

पर्साको वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थाई वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराईरहेका वाराका कोरोना संक्रमित उनको गएराति मृत्यु भएको हो ।

 नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरका ६० बर्षीय पुरुषको गएराति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो । उनमा यही भदौ १४ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

डा. चौरसियाका अनुसार पछिल्लो समय गम्भीर किसिमको कोरोना देखिएका ती पुरुषको हृदयघातले मृत्यु भएको हो । उनी मधुमेहका समेत बिरामी थिए ।  


प्रतिक्रिया