ढोरपाटन बाढीपहिरोमा बेपत्ता भएका मध्ये थप २ जनाको शव फेला

भाद्र २४, २०७७ | बाग्लुङ

बाग्लुङको ढोरपाटन –९ स्थित भुजी खोलामा गत बुधबार आएको बाढीपहिरोमा वेपत्ता भएकामध्ये थप २ जनाको शव फेला परेको छ ।

बडिगाड गाउँपालिका–६ खालबजार नजिकै बडिगाड खोला किनारमा गएराति ३२ बर्षकी चनी बिक र २८ बर्षकी कुमारी बिकको शव भेटिएको प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । अहिले सम्म फेला परेका १९ वटै शवको पहिचान भएको छ । घटनामा अझै १९ जना बेपत्ता छन् । 

घटनास्थलदेखि झण्डै १ सय किमी दक्षिण सम्म खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । बाढीपहिरोले ८० घर पूर्ण रुपमा र ५१ घर आंशिक क्षति पुऱ्याएको छ ।


प्रतिक्रिया