रेविजले ३ जनाको मृत्युपछि खोप अभियान संचालनमा

भाद्र २६, २०७७ | दोलखा

दोलखामा रेबिजका कारण ३ जनाको मृत्यु भएपछि रेविजबिरुद्धको खोप अभियान संचालन गरिएको छ । 

मेलुङ गाउापालिकामा एउटै कुकुरले टोकेर साउनयता तीन जनाको मृत्यु भएपछि गाउापालिकामा रेविज न्यूनकरणका खोप अभियान संचालन गरिएको हो । कुकुरले टोकेका ७ जनासहित अन्य ६१ जनालाई तीन पटक रेविजको खोप दिईएको गाउापालिकका स्वास्थ्य संयोजक हरेराम चापागाईले जानकारी दिनुभयो । 

यस्तै तामाकोशी गाउापालिकाको—१ भीरकोटमा कुकरेले टोकेका थप ८ जनालाई पनि रेविज विरुद्धको खोप दिईएको छ । दोलखाको मेलुङ,बैत्यश्वर र तामाकोशी गाउापालिकामा रेविज विरुद्धको खोप अभियान संचालन गरिएको छ । 

छिमेकी स्थानीय तहमा कुकरेको आतंक बढेसंगै तीनवटा स्थानीय तहमा झण्डै २ हजार कुकुरलाई रेविज विरुद्धको खोप दिन लागिएको तामाकोशी गाउापालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया