बझाङमा पिसिआर परिक्षण सुरु

आश्विन ८, २०७७ | बझाङ

बझाङमा आजबाट पिसिआर परिक्षण सुरु गरिएको छ । जिल्ला अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको रिपोर्ट अन्य प्रयोगशालामा पुन:पुष्टी गर्दा समान नतिजा आएपछि नियमित परिक्षण सुरु गरिएको हो । जिल्ला अस्पताल बझाङको प्रयोगशाला परिक्षण गरिएका १० वटा नुमनाको रिपोर्ट पुन:पुष्टीका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको थियो । 

जिल्ला अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै दोहोरो परिक्षणपछि प्रयोगशाला प्राविधिक रुपमा ठिक भएको प्रमाणित भएपछि संचालनमा आएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले दैनिक एक हजार नमुनाको परिक्षण गर्न सकिने भए पनि हाललाई दैनिक २ सयको स्वाव परिक्षण गरिने बताउनुभयो ।

जिल्ला स्थित सम्पुर्ण पालिकाहरुको पहल तथा लगानीमा खरिद गरिएको प्रयोशालाका उपकरण र जडान गर्दा १ करोड २५ लाख खर्च भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । प्रयोगशाला स्थापनाको लागि१० वटा गाउँपालिकाले १०/१० लाख , जिसस र २ वटा नगरपालिकाले १५/१५ लाखका दरले रकम संकलन गरेका थिए । 


प्रतिक्रिया