वीरगञ्जस्थित एक अपार्टमेन्टबाट २३ केजी सुन बरामद

कार्तिक १, २०७७ | पर्सा

पर्साको वीरगञ्ज महानगरपालिका ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टबाट प्रहरीले २३ केजी सुन बरामद गरेको छ । अपार्टमेन्टको ३ सय ३ नम्बरको फ्ल्याटबाट २३ केजी २ सय ७५ ग्राम सुन र २ केजी २ सय ६२ ग्राम चाँदीको गहना बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताउनुभयो । 

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । उनी भारत पूर्वी चम्पारण हरैयाका वासिन्दा हुन् । सिन्हा रक्सौल भन्सार कार्यालयमा क्लियरिङको काम गर्छन् । उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

सिन्हाका भाई प्रमोद कुमार विहार विधानसभा निर्वाचनमा रक्सौल–१० बाट भारतीय जनता पार्टी भाजपाका उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोबेम्भर ७ मा सो क्षेत्रमा निर्वाचन हुँदैछ ।  


प्रतिक्रिया