चर्चित र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

कार्तिक १३, २०७७ | काठमाडौं

करीब ३ साताअघि युट्युबमा सार्वजनिक भएको ‘पारा’ शीर्षकको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै चर्चित र्‍याप गायक भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

भिटेनले २० दिनअघि आफ्नै युट्युब च्यानलमा सो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको र प्रहरीलाई समेत दुर्वचन बोलेकाले कारबाही गर्न निर्देशन दिईएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताउनुभयो । 

हेडक्वाटरको निर्देशन लगतै कारबाही प्रक्रिया सुरु गरिएको साइबर ब्यूरोले जनाएको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न भनेपछि साइबर ब्यूरोले भिटेनको खोजी सुरु गरेको छ ।

छाडा शब्द प्रयोग गरी गीत गाएको र प्रहरीको अपमान गरेको आरोपमा गत वर्ष पनि भिटेन लतिलपुरबाट पक्राउ परेका थिए । त्यतिबेला अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले छोडेको थियो । 


प्रतिक्रिया