कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने

कार्तिक १३, २०७७ | काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बताउनु भएको छ । 

बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा केन्ऽित रहने विज्ञप्तिमा उल्लेख छ । बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया