भक्तपुर अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७ | भक्तपुर

भक्तपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारकै क्रममा बिहीबार मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक ३ गते अस्पताल भर्ना भएकी थिईन् । 

ती महिला छाला र मिर्गौला सम्बन्धी रोगबाट पीडित थिईन् । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

भक्तपुर अस्पतालमै उपचाररत भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय वृद्धको मृत्यु भएको छ । स्वास्थ्य समस्या भएपछि गत असोज २३ गते अस्पताल भर्ना भएका ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमले बताउनुभयो ।

त्यसैगरी, बिहीबार नै भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको करुणा अस्पताल बुढानिलकण्ठमा उपचारकै क्रममा मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मधुमेहका बिरामी थिए ।


प्रतिक्रिया