गाडीको ठक्करबाट सञ्चारकर्मीको मृत्यु

मंसिर १, २०७७ | दाङ

दाङको तुलसीपुरमा स्कर्पियोले ठक्कर दिंदा सञ्चारकर्मी मनिषा लामिछानेको मृत्यु भएको छ । 

तिहारको टिका लगाएर दाइसँग मोटरसाइकलमा काममा फर्कदै गरेकी २२ वर्षिया लामिछाने सवार रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा स्कर्पियोले ठक्कर दिएको थियो । गम्भिर घाइते उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको हो । 

दुर्घटनामा उनका दाजु २४ बर्षीय बिराज लामिछाने पनि घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


प्रतिक्रिया